मन्त्रीहरूको सपथ भोलि, अन्तिम गृहकार्यमा प्रधानमन्त्री
काठमाडाैं | चैत १५, २०७९
काठमाडौं : मन्त्रालय भागण्डा र सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको सत्ता साझेदार दलको बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम खाका ल्याउने बैठकपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले भने, ‘भोलि सपथ ग्रहण गराउने भन्ने छ। केही कुरा मिलाउन बाँकी छ। प्रधानमन्त्रीज्यूले होमवर्क गरेर अन्तिम रुप दिनुहुन्छ।’
श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने बताए। मन्त्रालयको संख्यामा दलहरू सहमतिमा पुगे पनि कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न बाँकि रहेको श्रेष्ठको भनाइ छ। भोलि बीहीबार फेरि सत्ता साझेदार दलको बैठक बस्नेछ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको छ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

